बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’, तयारी पूरा
सारांश
- कोशी प्रदेशमा आर्थिक गतिविधि बढाउन ‘विराट ट्रेड एक्स्पो’ बुधबारदेखि सुरु हुँदैछ।
- एक्स्पोमा २०० वटा स्टल रहनेछन् र यसले कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्नेछ।
- मेलामा २० करोडको व्यापार हुने अनुमान छ र यसअघि पनि यस्ता मेलाहरू आयोजना भइसकेका छन्।
मोरङ। कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहित गरी यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान गर्न गर्ने उद्देश्यले बुधबारदेखि विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
मोरङ उद्योग व्यापार सङ्घ विराटनगरको आयोजनामा बुधबारदेखि १७ गतेसम्म यहाँ हुने ‘एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको मंगलबार यहाँ पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
अन्तर्राष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक उत्पादन मेला आयोजनाले यस क्षेत्रका औद्योगिक उत्पादनको प्रवर्द्धनका साथै कृषि उत्पादनको बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष अनुपम राठीले जानकारी दिए । विराटनगर–१ पोखरियामा आयोजना हुने एक्स्पोमा रु २० करोडको व्यापार हुने अनुमान रहेको उनले बताए ।
एक्स्पोका संयोजक अमितकुमार सारडाले एक्स्पोमा २०० वटा ‘स्टल’ रहने बताए । एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगका साथै भारत, बङ्गलादेश, पाकिस्तानमा उत्पादित वस्तुहरू समेत रहने उहाँले जानकारी दिए ।
पत्रकार सम्मेलनमा एक्स्पो सञ्चालनका लागि रु दुई करोड ५० लाख खर्च हुने अनुमान रहेको बताइयो । सङ्घले यसअघि विसं २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा व्यापार मेला आयोजना गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण