अफ्रिका कप अफ नेसन्स : तान्जानियामाथि नाइजेरियाको कठिन जित
फेस । चौथो पटक अफ्रिका कप अफ नेसन्स (एफकोन) को उपाधि जित्ने लक्ष्यका साथ नाइजेरियाले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मोरक्कोको फेसमा भएको खेलमा तान्जानियालाई २–१ गोल अन्तरले पराजित गर्दै ‘सुपर इगल्स’ ले महत्त्वपूर्ण तीन अंक जोडेको हो।
गत संस्करणको उपविजेता नाइजेरियाले सन् २०१३ पछि पहिलो पटक उपाधि उचाल्ने अभियान अन्तर्गत यो जित निकालेको हो। खेलको ३६औँ मिनेटमा एलेक्स इवोबीको सटिक क्रसमा सेमी अजायीले हेडरमार्फत गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा पकड जमाएको नाइजेरियाका लागि सामुएल चुकवुइजे र अकोर एडम्सले गोल गर्ने सुन्दर अवसर पाए पनि तान्जानियाका गोलकिपर जुबेरी फोबा बाधक बने।
दोस्रो हाफको सुरुमै तान्जानियाले खेललाई बराबरीमा ल्यायो। ५०औँ मिनेटमा नोभाटस मिरोशीको पासमा चार्ल्स एम’मोम्बवाको प्रहार जाली चुम्न सफल भएको थियो।
तर, तान्जानियाको खुसी धेरै समय टिक्न सकेन। बराबरी गोल भएको दुई मिनेटभित्रै एडेमोला लुकम्यानले उत्कृष्ट गोल गर्दै नाइजेरियालाई पुनः अग्रता दिलाए। उनले बललाई नियन्त्रणमा लिँदै प्रहार गरेको शक्तिशाली सट सिधै टप कर्नरमा छिरेको थियो। प्रशिक्षक एरिक चेलेको टोलीका लागि लुकम्यानको त्यही गोल नै निर्णायक सावित भयो।
यो जितसँगै समूह ‘सी’ मा रहेको नाइजेरियाले सन् १९८० मा पनि तान्जानियालाई पहिलो खेलमा हराएर उपाधि जितेको थियो। अब नाइजेरियाले शनिबार ट्युनिसियाको सामना गर्नेछ भने तान्जानियाले युगान्डासँग खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण