प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन
बुधबार, ०९ पुस २०८२, ११ : ४७
सारांश
- अभियन्ता निकोलस भुसालले प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसन सुरु गरे।
- उनले माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए।
- जेनजी आन्दोलनको भावनाअनुसार सरकारले काम नगरेको भन्दै भुसालले अनसन थालेका हुन्।
काठमाडौँ । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए ।
जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् । मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गर्दै आएको छ । सो आन्दोलनमा समेत भुसाल देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण