कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल
सारांश
- नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणका लागि तोकिएको समयसीमाभित्र ९ जिल्लाले फाइल पठाएनन्।
- कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका यी जिल्लाहरूले तोकिएको समयमा फाइल पेश गर्न सकेनन्।
- कतिपय जिल्लाले एक्सेल फाइल पठाए पनि सर्भरमा तथ्यांक अपलोड गर्न बाँकी छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले बुधबार मध्यान्ह १२ बजेसम्म क्रियाशील सदस्यता नवीकरणको फाइल पठाइसक्न मातहतका समितिलाई भनेको थियो । सो अवधिमा फाइल नपठाए सर्भरमा इन्ट्री गर्नका लागि दिइएको ‘एक्सेस’ बन्द गर्ने समितिको भनाइ थियो ।
तर समितिको उक्त निर्देशनलाई ९ जिल्ला समितिले कार्यान्वयन गर्न सकेनन् । समितिको निर्देशन कार्यान्वयन गर्न नसक्नेमा कोशी प्रदेशका २, मधेस प्रदेशका ३, बागमती प्रदेशको एउटा, लुम्बिनी प्रदेशको एउटा र सुदूरपश्चिम प्रदेशका २ जिल्ला रहेका समिति सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
कोशीका संखुवासभा र खोटाङले नवीकरणको फाइल सर्भरमा अपलोड गरेका छैनन् । खोटाङमा सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेकाले प्रक्रिया नै अगाडि बढेको छैन ।
मधेसमा धनुषा, महोत्तरी र बाराले नवीकरणको फाइल अपलोड गरेका छैनन् । बागमतीको दोलखा र लुम्बिनीको प्यूठान जिल्लाले अपलोड नगरेका चौधरीले जानकारी दिए । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाले अपलोड गरेका छैनन् ।
यी बाहेक ५ जिल्लाले पनि सर्भरमा नवीकरणको तथ्यांक अपलोड गरेका छैनन् । तर उनीहरूले एक्सल फाइल भने इमेलमार्फत पठाइसकेको चौधरीले रातोपाटीलाई जानकारी दिए । एक्सेल फाइलमा पठाउने जिल्लाहरूमा दाङ, तनहुँ, नवलपरासी पश्चिम, रुकुम पूर्व, बर्दिया र डोटी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण