ठमेलमा आज सडक महोत्सव : सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
बुधबार, ०९ पुस २०८२, १४ : ४४
सारांश
- ठमेल पर्यटन विकास परिषद्ले क्रिसमस इभको अवसरमा त्रिदेवी मार्गमा सडक महोत्सव आयोजना गर्दैछ।
- महोत्सवका कारण आज दिउँसो ३ बजेदेखि राति ११ बजेसम्म ठमेल प्रवेश गर्ने सवारी साधनलाई रोक लगाइनेछ।
- ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रुको सुविधालाई ध्यान दिन अनुरोध गरेको छ।
काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले ‘क्रिसमस इभ’ को अवसरमा आज त्रिदेवी मार्गमा विशेष सडक महोत्सव आयोजना गर्ने भएको छ । काठमाडौँको कर्मचारी सञ्चय कोष भवन अगाडि आयोजना हुने यस कार्यक्रमका कारण ठमेल क्षेत्रको सवारी आवागमन प्रभावित हुने भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज दिउँसो ३: ०० बजेदेखि राति ११: ०० बजेसम्म ठमेल प्रवेश गर्ने मुख्य नाकाहरूमा सवारी साधनलाई रोक लगाइने छ ।
कार्यक्रम अवधिभर केशरमहल, अस्कल क्याम्पस, ज्याठा, जेपिमोड र मनाङ होटलको मोडबाट ठमेलतर्फ जाने सवारी साधनलाई डाइभर्सन गरिने छ । महोत्सवमा हुने भिडभाड र यात्रुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्न चालकहरूलाई अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण