खरायोको मासु भन्दै प्रतिकेजी एक हजार रुपैयाँमा कुकुरको मासु बेचेपछि..
काठमाडौँ । खरायोको मासुभन्दै एक युवकले गाउँलेलाई कुकुरको मासु बेचेको घटना प्रहरीसमक्ष पुगेको छ ।
घटना भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार गडहिया गाउँ निवासी मंगरु सहनी दैनिकजसो मदिरा पिउने गर्दछन् । मदिराकै लतका कारण उनलाई पैसाको खाँचो भयो ।
पैसाको खाँचो टार्न उनले एउटा जुक्ति निकाले । गाउँकै एउटा कुकुरलाई सुटुक्क मारेका उनले गाउँलेलाई आफूसँग खरायोको मासु रहेको भन्दै धमाधम कुकुरको मासु एक हजार भारतीय रुपैयाँ प्रतिकिलोको दरमा बेच्न थाले ।
सो रकमबाट उनले मदिरा पिउनुका साथै केही साथीलाई पनि पार्टी दिए । मदिराको नशाबाट भोलिपल्ट मुक्त भएपछि मंगरु आफैँले आफ्नो करतुत खुलासा गरेका हुन् ।
आफूहरूलाई खरायोको मासुभन्दै झुक्याएर कुकुरको मासु बेचेको थाहा पाएपछि गाउँलेले मंगरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार गाउँलेले नजिकैको झाडीमा कुकुरको काटिएको टाउको र खुट्टासमेत बरामद गरेका छन् ।
सोही आधारमा उनीहरूले मंगरुविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण