डेढ महिनामा छापियो ६ हजार ७ सय लाइसेन्स
बुधबार, ०९ पुस २०८२, १७ : ०१
सारांश
- सुरक्षण मुद्रण केन्द्रले डेढ महिनामा ६ हजार ७ सय सवारी चालक अनुमतिपत्र छापेको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरे।
- केन्द्रले १२ लाख लाइसेन्स ६ महिनाभित्र छाप्ने सम्झौता गरे पनि दैनिक न्यून छपाइ भइरहेको छ।
काठमाडौँ । डेढ महिनामा सुरक्षण मुद्रण केन्द्रमार्फत ६ हजार ७ सय सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री कुलमान घिसिङले आफ्नो १ सय दिनको कार्य प्रगति सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।
केन्द्रबाट लाइसेन्स छपाइ कात्तिक २१ गतेदेखि सुरु भएकोमा हालसम्म उक्त परिमाणमा लाइसेन्स छापिएका हुन् । विगतदेखि २५ लाखभन्दा बढी सवारी लाइसेन्स छपाइ हुन सकेका छैनन् ।
त्यसमध्ये केन्द्रले १२ लाख लाइसेन्स ६ महिनाभित्र छापिसक्ने गरी सम्झौता भएको थियो । तर अहिले दैनिक न्यून परिमाणमा छपाइ भइरहेको छ । यस्तै, दैनिक ५० हजार थान प्रिन्ट गर्न सक्ने गरी तयारी थालिएको मन्त्री घिसिङले जानकारी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण