उपाध्यक्षमा हारेका गुरु बराल समानुपातिक सूचीमा समेटिए, १५ जना सिफारिस
विराटनगर । नेकपा एमाले मोरङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उपाध्यक्षमा पराजित गुरुप्रसाद बरालसहित १५ जनालाई समानुपातिकतर्फ उम्मेदवारमा सिफारिस गरेको छ ।
बराल एमालेको केही दिन अगाडि सम्पन्न ११औँ महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए ।
एमाले मोरङका सचिव सोमराज थापाका अनुसार जिल्लाबाट सिफारिस गरिएका १५ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको हो । जसमा नरेश पोख्रेल, भुराज राई, हरि घिमिरेको नाम पनि सिफारिसमा परेको छ ।
महिला क्लस्टरतर्फ शान्ति लिम्बू, धना तामाङ र विमला घिमिरेको नाम पठाइएको छ । मधेसी कोटामा रामलाल साह र रूपनारायण मिश्रलाई समेटिएको छ । त्यस्तै, थारु कोटाबाट सत्यनारायण चौधरी, दलितबाट खेम नेपाली र आदिवासी जनजाति (राजवंशी) बाट पूर्व मन्त्री ज्ञानेश्वर राजवंशीको नाम सिफारिस गरिएको सचिव थापाले बताए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी पुस १३ र १४ गते प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने प्रावधान छ ।
सोही प्रावधानलाई ध्यानमा राख्दै एमाले मोरङले विभिन्न क्लस्टर र समावेशीतालाई आधार मानेर १५ जनाको नामावली केन्द्रमा पठाएको हो ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण