अन्तरिमकालको नेतृत्व गर्न दिनुस्, सबैलाई चित्त बुझ्दो गरी राज्यलाई निकास दिन्छौँः विप्लव
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबारदेखि राजधानीको बुद्धनगरमा शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
उनले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताए । समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गरे । अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्ने माग राखे ।
महासचिव चन्दले अन्तरिमकालको नेतृत्व नेकपा (माओवादी) लाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्ने बताए। राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्न जरुरी रहेको बताए। अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतिर लैजानुपर्ने उनको भनाइ छ ।
महासचिव चन्दले नेपाली राजनीति र कम्यनिष्ट आन्दोलन भूराजनीतिको चपेटामा परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण