माओवादी केन्द्रीय समिति बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा(माओवादी)ले आगामी निर्वाचनका कसैसँग चुनावी गठबन्धन नगरी एक्लै लड्ने घोषणा गरेको छ ।
काठमाडौँमा जारी केन्द्रीय समितिको चौथो विशेष बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले एक्लै निर्वाचन लड्ने तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिएका हुन ।
विप्लवले माओवादी अहिले कसैसँग चुनावी तालमेल गर्ने विषयमा आधिकारिक छलफल नभएको बताए ।
विप्लवले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा केही बदलिएको बताउँदै पार्टीको स्वतन्त्र चुनाव लड्ने तयारी रहेको समेत दोहोर्याए ।
विप्लवले सम्बोधनका क्रममा भने हामी १ सय ६५ स्थानमा एक्लै प्रतिस्पर्धा गर्छौँ । र १ सय दस जना समानुपातिक सूची समेत पेस गर्ने बताएका छन् ।
विप्लवले बुद्धिजीवी ,व्यवसायी,अवकाश प्राप्त कर्मचारी,विदेशीमा रहेका सचेत राष्ट्रप्रेमीहरुलाई समेत चुनावमा झण्डै २५ प्रतिशत उम्मेदवार टुङ्ग्याउने तयारी गरिएको बैठकमा सहभागी जनपत्रकार सङ्गठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बताए ।
बैठकमा देशभरबाट झण्डै ३ सय केन्द्रीय नेताहरू काठमाडौँमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण