निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड
बिहीबार, १० पुस २०८२, १७ : ३७
ललितपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा आज अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकमा निर्वाचनको वातावरण बनिनसकेको बताए । ढुक्क भएर चुनावमा जान सक्ने अवस्था सृजना भइनसकेकाले सरकार निर्वाचनको विश्वसनीय वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड थियो । “ निर्वाचनको विश्वसनीय वातावरण नबनेकाले संसद् पुनःस्थापनाको आवाज उठेको हो, ” उनले भने ।
उपसभापति गुरुङले सबै मिलेर निर्वाचनमा जानुपर्ने, त्यो निर्विवाद रुपमा हुनुपर्ने र निर्वाचनमा नै सरकारको अर्जुनदृष्टि हुनुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण