बाबुरामसँगको भेटमा बालेनले गरे स्वर्गीय नेता प्रदीप गिरीको स्मरण
बिहीबार, १० पुस २०८२, २० : ५२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको भेटमा स्वर्गीय नेता प्रदीप गिरीको स्मरण गरेका छन् ।
बिहीबार ललितपुरको ज्वागलमा भट्टराईसँगको छलफलका क्रममा बालेनले संसदमा गिरीजस्ता वैचारिक नेताको अभाव खड्किएको धारणा राखेका हुन् ।
करिब १२ घण्टा ज्वागलमै रहेर वैकल्पिक र नयाँ विभिन्न राजनीतिक दलका नेता र अभियन्ताहरूसँग भेटेका बालेनले सोही क्रममा डा. भट्टराईसँग पनि भेट गरेका थिए । भेटमा बालेनले विघटित प्रतिनिधिसभाको प्रसङ्ग उठाउँदै डा. भट्टराई समेत संसद्मा हुनैपर्ने अनुहार भएको बताएको भेटमा सहभागी एक सदस्यले बताए ।
यसअघिकाे समाचारमा अन्यथा भएकाले सच्याइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण