शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोको उपचार सुरु

बिहीबार, १० पुस २०८२, २२ : ५४
बिहीबार, १० पुस २०८२

सारांश

  • ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोको शल्यक्रियामार्फत उपचार सुरु भयो।
  • उनलाई पेटको समस्याका कारण ‘इन्गुइनल हर्निया’ को शल्यक्रिया गरिएको हो।
  • बोल्सोनारो जेल सजाय भोगिरहेका थिए र उपचारका लागि अस्पताल भर्ना भएका हुन्।

ब्राजिल । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोको शल्यक्रियामार्फत् उपचार सुरु गरिएको छ ।

पेटको मांसपेशी च्यातिएपछि कम्मर र तीघ्राबीचको भाग (ग्रोइन) क्षेत्रमा फैलिएको ‘इन्गुइनल हर्निया’ को उपचारको लागि बिहीबार उहाँको शल्यक्रिया भएको हो ।

बोल्सोनारोकी पत्नी मिसेलले शल्यक्रियामार्फत् उपचार सुरु गरिएको इन्स्टाग्राममा लेखेकी छिन्, “मेरो प्रिय भर्खरै शल्यक्रिया गर्ने कोठामा गएको छ ।”

बोल्सोनारोको गत अप्रिलमा डीएफ स्टारमा अर्को शल्यक्रिया गरिएको थियो ।

स्थानीय समयअनुसार बिहान ९ः१५ बजे अपरेसन सुरु भएको अस्पतालका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् ।

७० वर्षीय पूर्व राष्ट्रपति नोभेम्बरको अन्त्यपछि पहिलो पटक ब्राजिलियाको डीएफ स्टार अस्पतालमा उपचार गर्न बुधबार जेलबाट रिहा भएका थिए ।

गत नोभेम्बरको अन्त्यतिरदेखि २७ वर्षको जेल सजायका लागि उनले ब्रासिलियास्थित संघीय प्रहरी मुख्यालयमा जेल जीवन बिताउँदै आएका छन् तर थप उपचारका लागि उनलाई अस्थायी रूपमा जेलभन्दा बाहिर जाने अनुमति अदालतले दिएको थियो ।

सन् २०१९ देखि २०२२ सम्म पदमा रहेका उनलाई राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पदभार ग्रहण गर्नबाट रोक्ने र सत्ता कायम राख्ने योजनाको नेतृत्व गरेको आरोपमा दोषी ठहर भएपछि सेप्टेम्बरमा सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो ।

उनले आफू राजनीतिक उत्पीडनको सिकार भएको घोषणा गर्दै आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन् ।

गत हप्ता एक विशेषज्ञ समूहको समीक्षाले यो शल्यक्रिया चिकित्सकीय रूपमा आवश्यक रहेको बताएपछि उनको उपचारको लागि सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डी मोराइसले जेलबाट बाहिर निस्कन अनुमति दिएका थिए ।

सन् २०१८ को राष्ट्रपतीय चुनावी अभियानका क्रममा ७० वर्षीय बोल्सोनारोको पेटमा छुरा प्रहार भएपछि उहाँ यससँग सम्बन्धित स्वास्थ्य समस्यासँग जुधिरहेका  थिए । हालै, उनलाई छालाको क्यान्सर भएको पनि पत्ता लागेको थियो ।

गत नोभेम्बरको अन्त्यतिरदेखि २७ वर्षको जेल सजायका लागि उनले ब्रासिलियास्थित संघीय प्रहरी मुख्यालयमा जेल जीवन बिताउँदै आएका छन् ।

मोराइसले पूर्व राष्ट्रपतिलाई अस्पताल भर्ना गर्ने क्रममा सुरक्षाका लागि महत्त्वपूर्ण तैनाथीका लागि पनि आदेश दिएका छन् ।

दुई प्रहरी अधिकारीलाई मोबाइल फोन र कम्प्युटर राख्न निषेध गरिएका अस्पतालको कोठाबाहिर २४ सै घण्टा राखिने भएको छ ।

बोल्सोनारोकी पत्नी मिशेललाई अस्पताल बसाइका बेला उनीसँगै बस्न अनुमति दिइएको छ तर छोराहरूलाई भने अस्पतालमा जान दिइने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप