बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्येष्ठ नागरिकको हक र अधिकारप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

शुक्रबार, ११ पुस २०८२, ०८ : २७
शुक्रबार, ११ पुस २०८२

सारांश

  • मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना दिएका छन्।
  • उनले ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको दायित्व रहेको बताए।
  • लुम्बिनी प्रदेश सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच र उपचार सेवालाई प्राथमिकता दिएको छ।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको मुख्यमन्त्री आचार्यले बताए । उनले ज्येष्ठ नागरिकले दिएको अनुभव, ज्ञान र योगदानकै कारण समाज अघि बढेको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, हक र अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे । प्रदेश सरकारले ज्येष्ठ नागरिकको निरोगितालाई ध्यानमा राख्दै घर-घरमै पुगेर नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

शुभकामना सन्देशमा ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकका लागि घरमै पुगेर उपचार सेवा उपलब्ध गराइँदै आएको उल्लेख गरिएको छ । यसले ज्येष्ठ नागरिकलाई अस्पताल धाउनुपर्ने बाध्यता कम हुनुका साथै समयमै उपचार पाउन सहयोग पुगेको प्रदेश सरकारको ठहर रहेको छ ।

मुख्यमन्त्री आचार्यले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, स्वास्थ्य सेवा विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए । साथै उनले परिवार, समाज र राज्य सबैले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव प्रकट गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप