नाइजेरियामा आईएसआईएसविरुद्ध अमेरिकाले सुरु गर्यो घातक हमला
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले नाइजेरियामा इस्लामिक स्टेट विरुद्ध सैन्य हमला सुरु गरेको बताए।
- यो कारबाही नाइजेरियासँगको समन्वयमा सोकोटो राज्यमा गरिएको थियो।
- नाइजेरियाली विदेशमन्त्रीले यसको कुनै विशेष धर्मसँग सम्बन्ध नरहेको बताए।
वासिङ्टन डीसी । अमेरिकाले उत्तर पश्चिम नाइजेरियामा इस्लामिक स्टेट आतङ्कवादी सङ्गठन विरुद्ध शक्तिशाली र घातक सैन्य हमला सुरु गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यो कारबाही उनको निर्देशनमा गरिएको सामाजिक सञ्जाल प्लेटफर्ममा एक पोस्टमा ट्रम्पले भनेका छन् ।
क्रिश्चियनहरूलाई क्रूरतापूर्वक मारिरहेका आतंककारीहरूविरुद्ध हमला गरिएको बताइएको छ । अमेरिकाले बिहीबार उत्तर पश्चिम नाइजेरियामा इस्लामिक स्टेट आतङ्कवादी सङ्गठन विरुद्ध घातक हमला सुरु गरेको ट्रम्पले बताए ।
ट्रम्पले अमेरिकी सेनाले कयौँ ‘उत्तम हमलाहरू गरेको’ बताए । बिहीबारको आक्रमण सोकोटो राज्यमा नाइजेरियासँगको समन्वयमा गरिएको अमेरिकी अफ्रिका कमान्ड (अफ्रिकम)ले बताएको छ । यो आतंकवादीहरूलाई लक्षित गरेर गरिएको संयुक्त अपरेसन भएको र कुनै विशेष धर्मसँग यसको कुनै सम्बन्ध नभएको नाइजेरियाली विदेशमन्त्री युसुफ मैतामा तुग्गरले बीबीसीलाई भने । निर्णय दुई देशको नेतृत्वले लिने भन्दै थप आक्रमण नहुने तुग्गरले अस्वीकार गरेनन् ।
ट्रम्पले नोभेम्बरमा नै ईसाईहरूलाई मार्न बन्द गरेनन् भने यसको नराम्रो परिणाम भोग्नु पर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण