बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एपस्टाइन मामिलामा ट्रम्पले फेरि के भने ?

शुक्रबार, ११ पुस २०८२, ११ : २८
शुक्रबार, ११ पुस २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन तस्कर जेफ्री एपस्टाइनसम्बन्धि विवादबारे लामो प्रतिक्रिया दिएका छन्।
  • ट्रम्पले एपस्टाइनसँगको सम्बन्ध तोडेको र विपक्षी तथा मिडियाले बदनाम गर्न खोजेको आरोप लगाएका छन्।
  • उनले एपस्टाइन मुद्दालाई वामपन्थी षड्यन्त्रको रूपमा व्याख्या गर्दै यसमा डेमोक्र्याटिक राजनीतिज्ञहरूको नाम रहेको बताए।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुख्यात यौन तस्कर जेफ्री एपस्टाइनसम्बन्धि विवादबारे फेरि बाेलेका छन् ।  क्रिसमसका दिन सामाजिक सञ्जालमा एउटा लामो पोस्ट गरेर उनले सो विवादबारे प्रतिक्रिया दिएका हुन् । 

आफूले एपस्टाइनसँगको सम्बन्ध निकै अघि तोडेको उनले बताएका छन् । पोस्टमा ट्रम्पले राजनीतिक विपक्षी र मिडिया आउटलेटहरूले उनलाई बदनाम गर्ने षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।

एपस्टाइन मुद्दा बदनाम गर्ने हतियार 

ट्रम्पले लेखेका छन्, ‘जेफ्री एपस्टाइनलाई माया गर्ने धेरै घृणित व्यक्तिहरू सहित सबैलाई क्रिसमसको शुभकामना ।’ ट्रम्पको दाबी अनुसार एपस्टाइन मुद्दालाई उनका विरुद्ध हतियारको रूपमा प्रयोग गरिएको थियो । उनले यसलाई कट्टरपन्थी वामपन्थी षड्यन्त्र भनेका छन् ।

एपस्टाइन मुद्दामा धेरैजसो डेमोक्र्याटिक राजनीतिज्ञहरूको नाम खुलासा भएको पनि ट्रम्पले लेखेका छन्। सो मुद्दामाथि अनुसन्धान तीव्र हुँदै जाँदा उनी निकट कयौँ व्यक्ति टाढा भएको तर आफूले यो प्रवृत्ति देखिनु अघि नै एपस्टाइनसँग सम्बन्ध तोडेको उनले पोस्टमा दाबी गरेका छन् ।

एपस्टाइनको पार्टीमा सहभागी भएकै कारण कयौँ निर्दोष व्यक्तिलाई बदनाम गरिएको पनि उनले लेखेका छन् । अमेरिकी न्याय मन्त्रालयले हालै एपस्टाइनको मुद्दासँग सम्बन्धित धेरै फाइलहरू जारी गरेको थियो । यसमा धेरै प्रमुख व्यक्तित्वहरूको फोटो र नामहरू समावेश छन् । यो अहिले अमेरिकामा एक प्रमुख मुद्दा बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप