जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
शुक्रबार, ११ पुस २०८२, १२ : १७
सारांश
- बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
- ठाकुरबाबा नगरपालिका-६ बकुवामा सन्तराम थारुको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परे।
- प्रहरीले उनीहरुको साथबाट ३४ हजार ५० रूपैयाँ र २ बुक तास बरामद गरेको छ।
बर्दिया । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सन्तराम समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ५० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण