राजनीति
बालेन, रवि र कुलमानबिच आजै एकताका लागि हस्ताक्षर हुने
शनिबार एकता घोषणा सभा
शुक्रबार, ११ पुस २०८२, १५ : ४८
सारांश
- काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह, रवि लामिछाने र कुलमान घिसिङबीच पार्टी एकताका लागि हस्ताक्षर हुने भएको छ।
- हस्ताक्षर अघि तीनै पक्षले आ-आफ्नो गृहकार्य गरी सामूहिक भेट्ने तयारी गरिरहेका छन्।
- निर्वाचनका लागि वैकल्पिक शक्तिहरू र जेनजीहरू एकै ठाउँमा बसी पुराना शक्तिलाई चुनौती दिने तयारी छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह(बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबिच शुक्रबार एकताको लागि हस्ताक्षर हुने भएको छ ।
स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभएमा आज साँझसम्म साह, लामिछाने र घिसिङबिच पार्टी एकताको लागि हस्ताक्षर हुनेछ ।
हस्ताक्षर अघि ३ वटै पक्षबाट आ–आफ्नो गृहकार्य गरेर सामूहिक भेट्ने तयारी भइरहेको छ । ‘सबै पक्ष एक ठाउँमा आएपछि छलफल गरेर आजै सहमतिमा हस्ताक्षर हुन्छ । केहि फरक नभए भोलि एकता घोषणा सभा हुन्छ,’ स्रोतले भन्यो ।
आगामी फागुन २१ गते हुने भएको प्रतिनिधिसभाको निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरु एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण