वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो चरणको काम अगाडि बढेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद विधिबाट बोलपत्र आह्वान गरेर दोस्रो चरणको काम सुरु गर्न लागिएको हो ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर एकाइ कार्यालयले प्याकेज–२ (दोस्रो चरण) का लागि ग्लोबल बोलपत्र खुलाएसँगै कामले तीव्रता पाएको आयोजना प्रमुख सञ्जीवकुमार शाहले बताए ।
विसं २०८१ भदौ १३ गते एकाइ कार्यालय सुर्खेतले पहिलो चरणको कामका लागि चिनियाँ सिञ्ज्याङ टम्र्स इन्टरनेसनल इकोनोमी एण्ड टेक्निकल कोअपरेसन कम्पनीसँग सम्झौता गरेको थियो । तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग रु तीन अर्ब ५० करोड आठ लाखको लागतमा सम्झौता भई काम अघि बढेको थियो ।
नेपाल सरकारले विश्व बैंकको वित्तीय सहयोगमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग परियोजनाअन्तर्गत कार्यान्वयन गरिरहेको यो आयोजनाले वीरेन्द्रनगरका पाँच लाख स्थानीयलाई खानेपानीको सुविधा पु¥याउने लक्ष्य लिएको आयोजना प्रमुख शाहले जानकारी दिए ।
उनका अनुसार प्याकेज–२ मा ८०० किलोमिटर लम्बाइको पानी वितरण गर्ने लाइन निर्माण, झुर्पामा खानेपानी शुद्धीकरण प्रणालीको स्तरोन्नति, झुप्रा, खरिखोल, बोरिखोला तथा इत्रामस्थित इन्टेकको स्तरोन्नति, झुप्रा, खरिखोला–बोरिखोला तथा इत्रामबाट ट्रान्समिसन जडान गर्न बोलपत्र आह्वान भएको छ ।
इत्राम क्षेत्रमा एक हजार ५०० घनमिटर क्षमताको ट्याङ्की निर्माण र स्वाचालित डाटा सङ्कलन प्रणाली जडानका काम दोस्रो चरणमा गरिनेछ । पहिलो चरणमा संरचना निर्माण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण