‘कल्ली’ टिजरः मानिस भित्र रहने देवता र राक्षसको कथा
सारांश
- फागुन १ गते रिलिज हुने फिल्म 'कल्ली'को टिजर सार्वजनिक भएको छ।
- फिल्मले भगवान् र राक्षसको कथा प्रस्तुत गरेको छ, जसमा सौगात मल्ल लगायतका कलाकारको अभिनय रहेको छ।
- लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा मानिस भित्रको देवता र राक्षसको कथालाई उठान गरिएको छ।
काठमाडौं । फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले भगवान् र राक्षसको कथा प्रस्तुत गरेको छ ।
किरण नेपालीको निर्माणमा तयार भएको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुनारकै कथा रहेको फिल्मलाई महेश दवाडीले लेखेका हुन् ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ । फिल्ममा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल–कलाकारको रूपमा देखिएका छन् । नायिका परीक्षा लिम्बुलाई टिजरको अन्तिममा देख्न सकिन्छ । उनी, फिल्ममा सरप्राइज प्याकेजको रूपमा देखिएकी छिन् ।
निसाल पौडेलको छायाङ्कन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको यो फिल्ममा एनबी महर्जनको एक्सन छ । सुरज आचार्य फिल्मका निर्माण प्रमुख हुन् ।
फिल्मले मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ । मानिसको मनमा हुने देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोक्छ भने राक्षसले लोभ, लालच र मोहको भाव बोक्छ । मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यारनमा यो फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण