रवि र बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैन : धनराज गुरुङ
काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहबिचको मिलन कुनै अनौठो नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले रास्वपा सभापति रवि लामिछाने र साहबिचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए । उनले राजनीतिमा को–को जुट्छन् र को–को फुट्छन् भन्नेकुरा कांग्रेसलाई चासोको विषयको नभएको बताए । उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताए । राजनीतिमा सबैखाले चुनौति आउने भन्दै हरेक चुनौतिको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताए ।
उनले भने, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । कोको मिल्छन्, कोको जुट्छन्, कोको फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतिहरु हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौति हो । हरेक चुनौतिको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौति फेस गरेको कारणले अब अहिले आएर कोको मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’
उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण