सर्वोच्चमा एकै दिन २४६ वटा बैंकिङ कसुरको मुद्दा, १२२ वटामा मिसिल प्राप्तिको आदेश
सारांश
- आइतबार सर्वोच्च अदालतका तीन इजलासमा २ सय ५६ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाको पेसी तोकिएको छ।
- न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले आगजनीका कारण जलेका १ सय २२ वटा मुद्दाको मिसिल प्राप्तिको आदेश दिएको छ।
- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र मेघराज पोखरेलको इजलासमा १२३ वटा मुद्दा छन्, जसमा चिरन बादे श्रेष्ठ र अखिल देवकोटाको ३० वटा मुद्दा पनि समावेश छन्।
काठमाडौँ । सर्वोच्च अदालतको तीन वटा इजलासमा आइतबार २ सय ५६ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाको पेसी तोकिएको छ ।
पेसी तोकिएकोमध्ये न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले गत भदौ २४ मा भएको आगजनीका कारण बैंकिङ कसुरको १ सय २२ वटा मुद्दाको मिसिल जलेकाले मिसिल प्राप्तिको आदेश दिएको छ । त्यस्तै न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रहेको गोपाल प्रसाद तिमिल्सेनाको बैंकिङ कसुरको मुद्दा हेर्न नमिल्नेमा राखिएको सर्वोच्चले जनाएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र मेघराज पोखरेलको संयुक्त इजलासमा मात्रै १२३ वटा मुद्दा छन् । पेसी तोकिएका मध्ये १२ वटा मुद्दाको मिसिल जलेका छन् ।
यीमध्ये एउटै व्यक्तिका धेरै वटा मुद्दा हुँदा र धेरैजसो बैंकिङ कसुरको पेसी सोही इजलासमा परेकोले धेरै वटा मुद्दा देखिएको हो । प्रधानन्यायाधीश राउत र न्यायाधीश पोखरेलको इजलासमा रहेको बैंकिङ कसुरको मुद्दामा चिरन बादे श्रेष्ठ र अखिल देवकोटाले संयुक्त रूपमा दिएको ३० वटा मुद्दा सुनुवाइका लागि पेसीमा राखिएको छ । उनीहरूले नेपाल सरकारलाई विपक्षी बनाएर रिट दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण