पाल्पा २ बाट पाण्डेसहित नेकपाबाट ७ जना उम्मेदवार सिफारिस
आइतबार, १३ पुस २०८२, २१ : ३०
पाल्पा । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पाल्पाले क्षेत्र नम्बर २ का लागि सात जनाको नाम सिफारिस गरेको छ ।
सिफारिस हुनेहरूमा सोमप्रसाद पाण्डे, यादव बहादुर रायमाझी, नेत्र प्रसाद पाण्डे, डेमलाल घिमिरे (अनिल किशोर), पुरन खड्का, राजेन्द्र बहादुर बिक, तुलसा राना रहेका रहेका छन् ।
पाण्डे ५२ सालदेखि निरन्तर सोही निर्वाचन क्षेत्रमा चुनाव लड्दै आएका र उद्योग मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन् । खड्का विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका ४० वर्षमुनिका युवा हुन् ।उनले त्रिभुवन विश्वविद्यालयवाट समाजशात्रमा एमए र एलएलबी गरेका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष भइसकेका खड्का पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण