बक्स अफिसमा ‘धुरन्धर’ को राज : ‘एनिमल’ लाई उछिन्यो, शाहरुखको ‘पठान’ सँग भिडन्त
सारांश
- रणवीर सिंहको एक्सन फिल्म 'धुरन्धर' ले बक्स अफिसमा ठुलो सफलता हासिल गर्दै विभिन्न रेकर्ड तोडेको छ।
- फिल्मले प्रदर्शनको २३औँ दिनसम्ममा १०२६ करोड भारुको कलेक्सन गर्दै बलिउड इतिहासमै चौथो स्थान ओगटेको छ।
- 'धुरन्धर' ले शाहरुख खानको 'पठान' को रेकर्ड तोड्ने अनुमान गरिएको छ भने यसको दोस्रो भाग २०२६ मा रिलिज हुने भएको छ।
मुम्बई । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले बक्स अफिसमा सुनामी ल्याउँदै एकपछि अर्को ठुला रेकर्ड ध्वस्त पारेको छ।
प्रदर्शनको २३औँ दिनसम्म आइपुग्दा यसले विश्वभर १०२६ करोड भारुको सानदार कलेक्सन गरेर बलिउड इतिहासकै चौथो धेरै कमाउने फिल्मको सूचीमा आफ्नो नाम लेखाएको छ। चौथो शनिबार मात्रै २०.९० करोड कमाउँदै यसले रणवीर कपूरको ‘एनिमल’ लाई समेत पछि पारिदिएको छ।
डिसेम्बर ५ मा रिलिज भएको यस फिल्मले बलिउडका हस्तीहरूको रेकर्डलाई चुनौती दिइरहेको छ। हाल यो फिल्म आमिर खानको दंगल (२०४० करोड), शाहरुख खानको जवान (११४८ करोड) र पठान (१०५० करोड) पछि चौथो स्थानमा छ।
फिल्मको कमाइको गति हेर्दा चौथो आइतबारसम्ममा यसले शाहरुखको 'पठान' को रेकर्ड सजिलै तोड्ने अनुमान गरिएको छ। हिन्दी फिल्मको इतिहासमा मात्र नभई भारतका सबै भाषाहरूको सूचीमा पनि यो अहिले नवौँ स्थानमा पर्न सफल भएको छ।
'धुरन्धर' को लोकप्रियताका अगाडि हालै रिलिज भएको कार्तिक आर्यन र अनन्या पाण्डेको फिल्म ‘तू मेरी मैं तेरा’ निकै फिक्का देखिएको छ। कार्तिकको फिल्मले पहिलो तीन दिनमा जम्मा १८.२५ करोड मात्र कमाउन सकेको छ, जबकि प्रदर्शनको २०औँ दिनमा पनि धुरन्धरले १८ करोडभन्दा बढी कमाइ गरिरहेको थियो। नयाँ फिल्मको आगमनले पनि रणवीर सिंहको फिल्मको क्रेजलाई कुनै असर पार्न सकेको छैन।
यस वर्षकै सबैभन्दा ठुलो ब्लकबस्टर साबित भएको ‘धुरन्धर’ को सफलतापछि निर्माण पक्षले यसको दोस्रो भागको समेत घोषणा गरिसकेको छ। ‘धुरन्धर २’ सन् २०२६ मार्च १९ मा रिलिज हुने तय भएको छ।
सोही समयमा दक्षिण भारतीय सुपरस्टार यश र कियारा आडवाणीको फिल्म 'टक्सिक' पनि रिलिज हुने भएकाले बक्स अफिसमा अर्को ठुलो भिडन्त हुने पक्का छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण