रौतहटमा एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा तयारी तीव्र पारिएको छ।
- मतदाताको चाप व्यवस्थापन गर्न १८ मतदान केन्द्र र १ मतदानस्थल थप गरिएको छ।
- यस वर्ष रौतहटमा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएसँगै कुल मतदाता ४ लाख ३६ हजार पुगेका छन्।
रौतहट । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लामा तयारी तीव्र पारिएको छ। बढ्दो मतदाता सङ्ख्यालाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालयले यसपटक मतदानस्थल र केन्द्रहरू थप गरेको छ। २०७९ सालको निर्वाचनको तुलनामा यस वर्ष मतदाताको चाप व्यवस्थापन गर्न १८ वटा मतदान केन्द्र र एउटा नयाँ मतदानस्थल थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार २०७९ को चुनावमा ५ सय २३ वटा मतदान केन्द्र रहेकामा यसपटक १८ वटा थपेर ५ सय ४१ वटा पुर्याइएको छ। त्यसैगरी, मतदानस्थलको सङ्ख्या पनि २ सय ७६ बाट बढाएर २ सय ७७ कायम गरिएको छ। गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको कार्यालयले जानकारी दिएको छ। मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले यी संरचनाहरू थप गरिएका हुन्।
रौतहटमा यस वर्ष मतदाताको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो निर्वाचनमा ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेकामा यसपटक २१ हजार १ सय ५६ जना नयाँ मतदाता थपिएका छन्। योसँगै जिल्लाभर कूल मतदाताको सङ्ख्या ४ लाख ३६ हजार ६ सय ११ पुगेको छ। १६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा कूल ४ वटा निर्वाचन क्षेत्र र १५७ वटा वडाहरू छन्।
यसअघि २०७९ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट माधवकुमार नेपाल, क्षेत्र नम्बर २ बाट किरण साह, क्षेत्र नम्बर ३ बाट प्रभु साह र क्षेत्र नम्बर ४ बाट देवप्रसाद तिमल्सिना निर्वाचित भएका थिए। सो निर्वाचनमा करिब ६८ प्रतिशत अर्थात् २ लाख ८२ हजार ४ सय ३० मतदाताले मतदान प्रक्रियामा भाग लिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण