देश बनाउने प्रयास गर्ने पात्र नै महत्त्वपूर्ण हुन्छन्: सुदनको भूमिकामा बालेनको प्रशंसा
सारांश
- काठमाडौँका मेयर बालेन शाहले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको भूमिकाको प्रशंसा गरेका छन्।
- मेयर बालेनले सुदन गुरुङको देश निर्माणको प्रयासको भूमिकालाई ऐतिहासिक भनेका छन्।
- रास्वपा, उज्यालो नेपाल पार्टी र काठमाडौँ महानगरपालिका आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको भूमिकाको प्रशंसा गरेका छन् । रास्वपा, उज्यालो नेपाल पार्टी र आफूबिच एकता गराउन पहल गर्दै आएका गुरुङसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै बालेनले मंगलबार गुरुकाे भूमिकामा बालेनको प्रशंसा गरेका हुन् ।
बालेनले आफ्नो फेसबुक पोस्टमा देश निर्माणको सवालमा सबैले कुरा गर्ने तर वास्तवमा प्रयास गर्ने व्यक्ति नै महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले सुदन गुरुङले निर्वाह गरेको भूमिकालाई ऐतिहासिक भन्दै लेखेका छन्, ‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्त्वपूर्ण हुन्छ । बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यु, ब्रदर।’
सोमबार मात्रै रास्वपा, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमतिमा पुगेका थिए ।
उनले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूबिच संवाद र सहकार्यको वातावरण बनाउन सक्रिय भूमिका खेल्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण