बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

बौद्धको अन्तरा होटलबाट सुदनले तानेर लगेपछि कुलमानसहित त्रिपक्षीय छलफल

सोमबार, १४ पुस २०८२, १७ : ११
सोमबार, १४ पुस २०८२

सारांश

  • उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकमा कुलमान घिसिङ र सुदन गुरुङबीच छलफल भयो।
  • सुदनले कुलमानलाई छलफलका लागि आग्रह गरेपछि उनी केन्द्रीय समितिबाट बाहिरिए।
  • पार्टीले समानुपातिक सूची दर्ताका लागि निर्वाचन आयोगमा शुल्क बुझाइसकेको छ, तर सूची बुझाएका छैनन्।

काठमाडौँ । सोमबार अपराह्न बौद्धको अन्तरा होटलमा उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको थियो । उक्त बैठकमा पार्टीको संरक्षक समेत रहेका कुलमान घिसिङ समेत सहभागी थिए । 

त्यसैबेला सुदन गुरुङ होटलमा पुगे । उनले कुलमानलाई ‘फेरि मिल्नुपर्छ’ भन्दै छलफलमा जान आग्रह गरे । फाइनल लिस्ट तयार भइरहेको अवस्थामा फेरि छलफलमा जुट्न आनाकानी गरिरहेका थिए कुलमान । तर, सुदनले छाडेनन् । उनलाई हात समातेर लगेपछि कुलमान केन्द्रीय समितिबाट बाहिरिएका थिए ।

अहिले उज्यालो नेपाल पार्टीले ११० जनाकै अन्तिम सूची तयार पारिसकेको छ । सूची बुझाउने अन्तिम म्याद आज भएको र पाँच बजेभित्र पत्र दर्ता गरिसक्नुपर्ने भएकोले अहिले उज्यालो नेपाल पार्टीका प्रतिनिधिहरू अहिले निर्वाचन आयोगमा पुगिसकेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

उनका अनुसार अहिले उज्यालोले समानुपातिक सूची दर्ताका लागि शुल्क बुझाएर निस्सा लिइसकेको छ । सूची तयार भए पनि अहिलेसम्म बुझाइसकेको छैन । 

अहिले कमलपोखरीमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र घिसिङबिच अन्तिम वार्ता भइरहेको छ । उक्त वार्ताको निष्कर्षका आधारमा सूची बुझाउने कि नबुझाउने निश्चित हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप