पोखरामा ‘हस्तकला तथा गार्मेन्ट’ मेला
सारांश
- पोखरामा हस्तकला तथा गार्मेन्ट मेला सुरु भयो, जसले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
- मेलामा स्थानीय उत्पादनको बजारीकरण र पर्यटन गतिविधि बढाउन जोड दिइयो, जसले ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याउनेछ।
- मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका उद्यमीहरूले उत्पादन गरेका सामग्री प्रदर्शनीमा राखिएका छन्।
गण्डकी । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखरा र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा सोमबारदेखि पोखरामा हस्तकला तथा गार्मेन्ट मार्ट (मेला) सुरु भएको छ ।
दुई दिने उक्त मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणमा मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
“यस्ता मेला–महोत्सवले स्थानीय कला, सीप र प्रविधिको जर्गेनाका साथै आयआर्जन र उद्यमशीलता विकासमा टेवा पुग्छ”, उनले भने, “गण्डकी प्रदेश सरकारले पनि स्थानीय कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि लगानी गर्दै आएको छ । पाँच जिल्लामा स्वदेशी उत्पादनको कोसेली घर बनाउने योजना अगाडि बढाइएको छ ।”
लगानी र प्रविधिको अभावमा रैथाने ज्ञान र सीप विस्थापित हुँदै गएको भन्दै मन्त्री बस्यालले ग्रामीण अर्थतन्त्र उकास्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरे ।
नेपाल पर्यटन बोर्ड, प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले मेलाबाट आर्थिकसँगै पोखराको पर्यटकीय गतिविधिमा टेवा पुग्ने बताए । हस्तकलामार्फत बनाइएका वस्तु तथा हातेतान मार्फत बुनिएका कपडासँगै उक्त क्षेत्रमा क्रियाशील व्यवसायीलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ मेला आयोजना गरिएको उनको भनाइ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिए । पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराईले हस्तकला तथा गार्मेन्ट मार्टलाई निरन्तरतासहित विस्तार गर्नुपर्ने धारणा राखे ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा हुने मेला–महोत्सवले पर्यटन क्षेत्र चलायमान हुने गरेको बताए । उनले अङ्ग्रेजी नयाँ वर्षको सम्मुखमा भइरहेका विभिन्न पर्यटकीय गतिविधिले पोखरा होटल तथा रेष्टुराँ पाहुनाले भरिभराउ भएको बताए ।
पोखरा महानगरपालिका, व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्याउनुपर्ने बताए । स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेश समितिका महासचिव जमुना शर्मा ‘वर्षा’, मेलाका संयोजक सुरेन्द्र पौडेललगायतले धारणा राखेका थिए ।
‘एगा’ पोखराका अध्यक्ष गोकर्ण लम्सालले स्थानीय उत्पादन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा बजारीकरणमा मेलाले योगदान पुग्ने विश्वास लिइएको बताए ।
मेलामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, लमजुङ, म्याग्दी, नवलपुर र रुकुम पूर्वलगायत जिल्लाका उद्यमीले तयार गरेका हेम्स, अल्लो, ऊनलगायतबाट बनेका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण