शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर छ : प्रधानमन्त्री

मङ्गलबार, १५ पुस २०८२, १५ : ३२
मङ्गलबार, १५ पुस २०८२

काठमाडाैँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताएकी छन् ।

तमु ल्होसारका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई काठमाडाैँमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्ताे बताएकी हुन् ।

उनले पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताइन् । 

उनले यसको मुख्य आधार स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको बताइन् । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभर बन्दै गएको समेत उनले बताइन् । 

राजनीतिक दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस हुनुले पनि निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरिएको बताइन् । 

प्रधानमन्त्री कार्कीले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप