बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मेरो चाहना विपरीत केसीलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखियो : गगन थापा

मङ्गलबार, १५ पुस २०८२, १८ : २३
मङ्गलबार, १५ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो चाहना विपरीत अर्जुननरसिंह केसीलाई प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखिएको बताएका छन् । 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै थापाले यस्तो बताएका हुन् । 

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीमा केसीको पनि नाम समावेश छ ।

थापाले लेखेका छन्,'नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु,यो मेरो चाहना विपरीत हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय हो ।'

थापाले मेरो र केसीका आ–आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू भएको बताउँदै भने,'कहिले मिल्छन्, कहिले बाझिन्छन् । जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौँ ।'

पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा मत भिन्नता रहेको समेत उनले बताए । 

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप