तेक्वान्दो टोली चीन प्रस्थान
मङ्गलबार, १५ पुस २०८२, २२ : ५५
सारांश
- नेपाली टोली दसौं मान सान तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन चीन प्रस्थान गर्यो।
- च्याम्पियनसिप डिसेम्बर ३१ देखि ३ तारिखसम्म नान्जिङमा हुँदैछ।
- टोलीमा १० खेलाडी र अन्य अफिसियलहरू छन्, जसमा एन्जल राई लगायतका खेलाडी छन्।
काठमाडौँ । दसौं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार चीनको नान्जिङ प्रस्थान गरेको छ । प्रतियोगिता डिसेम्बर ३१ देखि ३ तारिखसम्म हुनेछ ।
खेलाडीमा एन्जल राई, जोसेफ गुरुङ, जिग्मे तेन्जिङ शेर्पा, मेघिना घतानी, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, कयरभप्रसाद लोहनी, जाम्याङ तेन्जिङ शेर्पा र रियान्स बस्नेत रहेका छन् । सबै खेलाडी डाफोडिल पब्लिक स्कुलमा अध्ययनरत छन् ।
प्रशिक्षकमा विकेश विडारी तथा व्यवस्थापकमा अन्तमणि तामाङ र मनीषा मुखिया रहेका छन् । अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण