श्रीलंकालाई हराउँदै टी–ट्वान्टी सिरिजमा भारतकाे ‘क्लिन स्वीप’
बुधबार, १६ पुस २०८२, ०१ : २५
सारांश
- भारतीय महिला क्रिकेट टोलीले श्रीलंकालाई १५ रनले पराजित गर्दै टी-२० सिरिज ५-० ले जित्यो।
- भारतले पहिले ब्याटिङ गर्दै १७५ रन बनायो, जसमा हरमनप्रीत कौरले ६८ रनको उत्कृष्ट पारी खेलिन्।
- श्रीलंका १६० रनमा सीमित भयो, दीप्ति शर्माले १ विकेट लिँदै टी-२० मा सर्वाधिक विकेट लिने खेलाडी बनिन्।
काठमाडौँ । भारतीय महिला क्रिकेट टोलीले पाँचौँ तथा अन्तिम टी–ट्वान्टी खेलमा श्रीलंकालाई १५ रनले पराजित गरेको छ । यससँगै भारतले पाँच खेलको टी–ट्वान्टी सिरिज ५–० ले क्लिन स्वीप गरेको छ ।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । भारतीय कप्तान हरमनप्रीत कौरले ४३ बलमा ६८ रनको उत्कृष्ट पारी खेलिन् ।
१७६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ७ विकेट गुमाउँदै १६० रन मात्र बनाउन सक्यो ।
यस खेलमा भारतीय खेलाडी दीप्ति शर्माले १ विकेट लिइन् । यससँगै उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै १५२ विकेट लिने महिला खेलाडी बनेकी छन्।
उत्कृष्ट प्रदर्शनका लागि हरमनप्रीत कौर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् भने सिरिजभरको राम्रो प्रदर्शनका कारण शेफाली वर्मा प्लेयर अफ द सिरिज’ बनिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण