बर्नमाउथसँग बराबरीमा रोकियो चेल्सी
सारांश
- चेल्सी र बर्नमाउथ बीचको खेल २-२ गोलको बराबरीमा सकियो।
- बर्नमाउथले सुरुमा अग्रता लिए पनि चेल्सीले पुनरागमन गर्दै अग्रता लियो।
- खेलमा दुवै टोलीले थप गोल गर्न नसक्दा बराबरीमा टुंगियो, चेल्सी अंक गुमायो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा चेल्सी घरेलु मैदानमै बर्नमाउथसँग २–२ गोलको बराबरीमा रोकिएको छ । खेलको सुरुवातमै बर्नमाउथले आक्रामक खेल देखाउँदै छैटौँ मिनेटमा डेभिड ब्रुक्समार्फत अग्रता लिएको थियो ।
चेल्सीले त्यसपछि खेलमा पुनरागमन गर्दै १५ औँ मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै बराबरी फर्काए । त्यसको आठ मिनेटपछि २३ औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
तर बर्नमाउथले २७औँ मिनेटमा जस्टिन क्लुइभर्टले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन र खेल २–२ को बराबरीमा टुंगियो ।
यस नतिजासँगै चेल्सी ३० अंकसहित लिग तालिकाको पाँचौँ स्थानमा यथावत् छ । उता बर्नमाउथ भने २३ अंक जोड्दै १५ औँ स्थानमा रहेको छ । शीर्ष चारमा पुग्ने लक्ष्यमा रहेको चेल्सीका बराबरीसँगै महत्त्वपूर्ण अवसर गुमाएको छ ।
यता, बुधबार नै भएको अर्को खेलमा बर्नली एफ.सी. विरुद्ध न्यूक्यासल ३–१ ले विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण