मधेसको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, ६ मन्त्री थपिए
बुधबार, १६ पुस २०८२, १० : ४७
सारांश
- मधेस सरकारको मन्त्रिपरिषद्ले एक महिनापछि पूर्णता पाउने भएको छ।
- आज ६ जना मन्त्री थपिएका छन् र उनीहरूलाई आजै शपथ खुवाइने छ।
- विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिएको छ, जसमा श्रम, भौतिक पूर्वाधार, वन, भूमि व्यवस्था, खेलकुद र गृह मन्त्रालय रहेका छन्।
जनकपुर । मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार आज ६ जना मन्त्री थपिएको हो । उनीहरूलाई आजै शपथ खुवाउने तयारी छ ।
मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राज कुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शङ्कर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेबारे दिइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण