विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन
सारांश
- विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भयो, जसमा गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरे।
- गृहमन्त्री अर्यालले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने र निर्वाचनको विकल्प नभएको बताए।
- गोष्ठीमा आसन्न निर्वाचनको सुरक्षा र शान्तिपूर्ण वातावरणबारे छलफल भयो, जसमा १४ जिल्लाका सुरक्षा अधिकारी सहभागी थिए।
विराटनगर । मोरङको विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गरेका हुन् । सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने बताए । उनले भने– ‘निर्वाचन बिना देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।’
फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको माहौल बनिसकेको अर्यालले बताए । उनले भने– ‘निर्वाचन गराउन सरकार दृढ भएर लागेको छ ।’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की आसन्न निर्वाचन सम्पन्न गर्न अझै केही बाधा र अड्चन भएता पनि तोकिएको मितिमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताए । गोष्ठीमा कोशी प्रदेशका १४ वटा जिल्लाका सुरक्षा प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।
गोष्ठीमा जिल्ला सुरक्षा समितिका अधिकारीहरूले आ–आफ्ना जिल्लाको शान्ति सुरक्षाको अवस्था र निर्वाचनमा देखिन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गरेर आवश्यक रणनीति तय गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण