टी–२० विश्वकपका लागि रुप्सेको ‘चियर एन्ड एक्सप्लोर’ अफर
सारांश
- रुप्से होलिडेजले टी-२० विश्वकपका लागि विशेष प्याकेज सार्वजनिक गरेको छ।
- नेपालले भारत र श्रीलंकामा हुने प्रतियोगितामा मुम्बईमा खेल खेल्नेछ।
- प्याकेजमा मुम्बई भ्रमण र क्रिकेट खेल हेर्ने अवसर समावेश छ।
काठमाडौँ । टी–२० विश्वकपलाई लक्षित गरेर रुप्से होलिडेजले विशेष प्याकेज सार्वजनिक गरेको छ । नेपालका खेलहरु हेर्नका लागि रुप्से होलिडेजले छुट्टाछुट्टै प्याकेजहरु सार्वजनिक गरेको हो ।
भारत र श्रीलंकामा ७ फेब्रुअरीदेखि आयोजना हुने प्रतियोगितामा नेपाल पनि छनोट भएको छ । समूह सीमा रहेको नेपालले आफ्ना सबै खेलहरु मुम्बईको वाङखडे स्टेयिममा खेल्नेछ । तालिका अनुसार नेपालले पहिलो खेल इंग्ल्याण्डविरुद्ध फेब्रुअरी ८ मा, इटालीविरुद्ध फेब्रुअरी १२ मा, वेस्ट इन्डिजविरुद्ध फेब्रुअरी १५ मा र फेब्रुअरी १७ मा बंगलादेशविरुद्ध खेल्नेछ ।
आईसीसी टी–२० विश्वकप ‘चियर एन्ड एक्सप्लोर’ नाम दिइएको यस विशेष प्याकेजमा मुम्बई घुम्ने तथा क्रिकेट खेल हेर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । प्रबन्ध निर्देशक रमेश पराजुलीले भने, ‘हामीले क्रिकेटलाई पहिलेदेखि नै सहयोग गरिरहेका छौँ। एसिया कपमा जाँदा पनि रुपसेले प्याकेज बनाएर लगेको थियो। अघिल्लो पटक विश्वकपमा अमेरिका पनि गएका थियौँ र अहिले चाहिँ नजिक भएको कारणले धेरै संख्यामा समर्थकहरूलाई लैजाने योजना छ। उनीहरूका लागि सस्तो र सिधा उडानको व्यवस्था गरिरहेका छौँ।’
प्याकेज प्लेनको टिकटदेखि मुम्बई सहर घुमाउनेसम्मको अफरहरु रहेका छन् । यसबारे विस्तृत बुझ्न रुप्से होलिडेजमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण