म अब ओलीलाई जवाफ दिन चाहन्नँ, सबै जवाफ जनताले भोट हालेर दिन्छन् : रवि लामिछाने
सारांश
- रास्वपा सभापति रवि लामिछानेले राजनीतिक आरोप-प्रत्यारोपको शृङ्खलाबाट माथि उठ्न चाहेको बताए।
- ओलीको अभिव्यक्तिमा टिप्पणी नगर्ने बताउँदै लामिछानेले जवाफ जनताले दिने बताए।
- पोखरामा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले ओलीलाई शुभकामना दिए।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राजनीतिको आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठ्न चाहेको बताएका छन् ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति कुनै टिप्पणी नगर्ने भन्दै अब जवाफ दिने काम जनताको भएको बताए ।
बुधबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले भने, ’उहाँ (ओली) ले बोलेको कुराको जवाफ आम सर्वसाधारण र भोलि भोट हाल्नेले दिनुहुनेछ। मैले दिनुपर्दैन। उहाँलाई मेरो शुभकामना छ ।’
मङ्गलबार एक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टी(उनेपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच भएको एकतालाई कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही नहुने दाबी गरेका थिए ।
तर लामिछानेले राजनीतिमा कसले के भन्यो र त्यसको जवाफ के दिने भन्ने विषयमा अल्झिनुभन्दा आफूलाई माथि उठाउन चाहेको स्पष्ट पारे ।
'क्रियाको प्रतिक्रिया, उसले यसो भन्यो, त्यसको जवाफ दिने, अनि रविले यो जवाफ दिए, ओलीले यो जवाफ दिएजस्ता प्रश्न–उत्तरहरूमा मनोरञ्जन गर्ने ’फेज’ बाट माथि उठ्न चाहन्छु,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण