निजी क्षेत्रको लगानी र व्यवसाय गर्ने वातावरण बन्न सकेन : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकमा निजी क्षेत्रका लागि लगानी र व्यवसाय गर्ने वातावरण बन्न नसकेको बताएका छन् ।
बुधबार महासङ्घले आयोजना गरेको ‘सामूहिक पहल’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
उनले सरकारले लगानी र रोजगारीका अवसर सिर्जना गर्ने दाबी गरे पनि त्यसको कार्यान्वयन पक्ष अत्यन्तै कमजोर रहेको टिप्पणी गरे ।
अध्यक्ष ढकालले सरकारी नीति र दस्ताबेजहरूमा लगानीको वातावरण र रोजगारीका अवसरहरूको ठुला कुरा गरिए पनि व्यवहारमा ती केवल कागजमा मात्रै सीमित भएको बताए ।
उनले भने, “मुलुकमा पेसा, व्यवसाय र रोजगारीका अवसरहरू प्राप्त हुन सकेका छैनन्। यसका प्रत्याभूतिहरू सरकारी दस्ताबेजमा मात्रै सीमित रहेका छन् ।”
निजी क्षेत्रले लगानीका लागि खोजिरहेको सुरक्षा र सुनिश्चिताको अभाव रहेको सङ्केत गर्दै उनले सरकारका प्रतिबद्धताहरू कार्यान्वयन नहुँदा उद्यमी व्यवसायीहरूले समस्या भोग्नुपरेको धारणा राखे । नीतिगत व्यवस्था र व्यवहारिक कार्यान्वयनबिचको खाडलले गर्दा नै सोचेअनुसार लगानीको वातावरण बन्न नसकेको र रोजगारीका अवसरहरू सिर्जना हुन नसकेको उनको ठम्याई थियो ।
मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य भए पनि सरकारले दिने भनिएका सेवा र सुविधाहरू दस्ताबेजभन्दा बाहिर आउन नसकेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण