न्यायाधीशलाई धम्की दिएकाे आराेपमा राजकुमार तिमल्सिना पक्राउ
बुधबार, १६ पुस २०८२, १८ : २६
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशलाई बारम्बार धम्की दिएको आरोपमा प्रहरीले राजकुमार तिमल्सिनालाई पक्राउ गरेको छ ।
उनलाई पोखराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सिधाकुरा डटकमलाई फेक अडियो उपलब्ध गराएको आरोपमा यसअघि तिमल्सिनालाई अदालतले ६ महिना कैद सजाय हुने फैसला गरेको थियो ।
सो अडियोका कारण ‘डार्क फाइल’ कार्यक्रम विवादमा परेको थियो । तिमल्सिना जेनजी प्रदर्शन हुँदा गत भदौ २४ मा कारागार कार्यालय डिल्लीबजारबाट भागेका थिए । उनी फरार कैदी हुन् ।
पछिल्लो समय उनले सर्वोच्चका न्यायाधीशलाई बारम्बार धम्क्याएको आरोप छ । उनलाई पोखराबाट काठमाडौँ ल्याइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण