एमालेले गण्डकीलाई दियो १२ सिट, लमजुङ र कास्की प्राथमिकतामा
सारांश
- नेकपा एमालेले गण्डकी प्रदेशमा समानुपातिक तर्फ १२ सिट पाएको छ।
- पद्मा अर्याल, रामबहादुर थापा लगायतका नेताहरू समानुपातिक सूचीमा परेका छन्।
- सूचीमा परेका अधिकांश नेताहरू केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्य जितेका हुन्।
पोखरा । नेकपा एमालेले समानुपातिक तर्फको १२ सिट गण्डकीलाई दिएको छ । महिलातर्फ केन्द्रीय सचिव पद्मा अर्यालदेखि केन्द्रीय सदस्यहरू टुकाभद्र हमाल र क्रान्ति बुर्लाकोटी खसआर्य महिलाबाट समानुपातिक सूचीमा समेटिएका छन् ।
खसआर्य खुलामा रामबहादुर थापा र दीपक पौडेल अटाउँदा आदिवासी जनजाति महिलामा नरदेवी पुन, शर्मिला गुरुङ, मीना बराम र यमुना घले परेका छन् । आदिवासी जनजातिकै खुलामा प्रेम घले र दलबहादुर गुरुङको नाम समेटिएको छ ।
दलितमा मनोहर विश्वकर्मा पौडेललाई समानुपातिक सूचीमा राखिएको छ । समानुपातिकमा अटेकामध्ये टुका, यमुना र प्रेम लमजुङका हुन् । पद्या र रामबहादुर स्याङ्जाका हुन् भने क्रान्ति, दीपक र दलबहादुर कास्कीका हुन् । नरदेवी म्याग्दी, शर्मिला मुस्ताङ र मनोहर पर्वतका हुन् ।
मीना गोरखाकी हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा आरुघाट गाउँपालिकाको उपाध्यक्ष पराजित थिइन् । समानुपातिक सूचीमा परेका अधिकांश केन्द्रीय सदस्य छन् । उनीहरु सबैजना केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्य जितेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण