यही पुस २० गते ‘धरान डे’, सार्वजनिक बिदा
बिहीबार, १७ पुस २०८२, ०९ : ५६
सुनसरी । धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे’ आगामी पुस २० गते मनाइने भएको छ । त्यस अवसरमा धरान उपमहानगरपालिकाले धरानमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।
उपमहानगरपालिकामा बुधबार बसेको बैठकले स्थापना दिवसलाई यस वर्ष सीमित कार्यक्रमका साथ एक दिन मात्र मनाउने निर्णय गरेको हो । यसअघि ‘धरान डे’ पाँच दिनसम्म मनाइँदै आएको थियो ।
नगरप्रमुख हर्कराज राई (साम्पाङ) का अनुसार २१ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुनाका साथै गृह मन्त्रालयबाट पुस २१ गतेदेखि भेला तथा कार्यक्रम नगर्न निर्देशन प्राप्त भएपछि कार्यक्रम एकदिन मात्रै मनाउने निर्णय गरिएको हो ।
त्यस अवसरमा आयोजना हुने कार्यक्रममा करदातालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको उपमहानगरपालिका जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण