बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘झरीपछिको इन्द्रेणी’ हेरेपछि विनोद चौधरीले के भने ?

बिहीबार, १७ पुस २०८२, १० : २२
बिहीबार, १७ पुस २०८२

सारांश

  • पूर्वसांसद विनोद चौधरीले 'झरीपछिको इन्द्रेणी' फिल्मले भ्रष्टाचारीको पर्दाफास गरेको बताए।
  • उनले इमानदार कर्मचारी कसरी भ्रष्टाचारीको फन्दामा पर्छ भन्ने जस्ता महत्त्वपूर्ण विषय फिल्ममा रहेको बताए।
  • फिल्मले युवामा परिवर्तन र देशलाई परिवर्तन गर्न सक्ने सन्देश दिएको उनको भनाइ छ।

काठमाडौँ । उद्योगी तथा पूर्वसांसद विनोद चौधरीले फिल्म ‘झरीपछिको इन्द्रेणी’ले उठाएको कथावस्तुले भ्रष्टाचारीको पर्दाफास गरेको बताएका छन् । बुधबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा फिल्म हेरेका उनले फिल्म आफूलाई मन परेको प्रतिक्रिया समेत दिएका थिए ।

‘इमानदार कर्मचारी कसरी भ्रष्टाचारीको फन्दामा पर्छ, भ्रष्टाचार नियन्त्रण कसरी गर्नेजस्ता महत्त्वपूर्ण विषय फिल्मले उठाएको छ’, उनले भने ‘युवामा कसरी परिवर्तन आउँछ, उसले कसरी देशलाई नै परिवर्तन गर्नसक्छ भन्ने कुरा पनि छ ।’ फिल्ममा प्रस्तुत भएको जेनजी नै बास्तिबिक जेनजी भएको कुरालाई व्यापक बनाउनुपर्ने उनको धारणा रहेको थियो । ‘कताकता जेनजीको मुभमेन्टलाई विथोल्ने पनि जन्मिए, त्यसको म आफैँ पीडित हुँ’ उनले थपे । 

फिल्म हेर्दा आफै संलग्न भएको ‘वासुदेव’को सम्झना आएको समेत उनले बताए । ‘हामीमा विदेश जाने, विदेशमा सबैथोक हुन्छ भन्ने मानसिकता छ । यता परिवार घरमा हुन्छ । घरमै बसेर पनि गर्न सकिन्छ भन्ने सन्देश फिल्मको मनपर्यो,’ उनले अगाडि थपे ‘धेरै कुरा समेट्नु भएको छ । हरेक कलाकारको एक्टिङ मलाई मनपर्यो ।’ उनले आफ्नो पनि फिल्ममा लगानी गर्ने सम्भावन रहेको धारणा राखे ।

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप