मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सन् २०२५ मा बलिउडका पाँच गीत, जसले मच्चाए तहल्का

बिहीबार, १७ पुस २०८२, १२ : ०९
बिहीबार, १७ पुस २०८२

सारांश

  • सन् २०२५ मा रिलिज भएका उत्कृष्ट ५ गीतहरू मध्ये 'शरारत', 'लालपरी', 'पोइजन बेबी', 'गफूर' र 'उई अम्मा' चर्चित रहे।
  • रणवीर सिंहको 'धुरन्धर' फिल्मको 'शरारत' र अक्षय कुमारको 'हाउसफुल ५' को 'लालपरी' गीतहरू दर्शकको रोजाइमा परे।
  • मलाइका अरोराको प्रस्तुति रहेको 'पोइजन बेबी', आर्यन खानको सिरिज 'द ब्याड्स अफ बलिउड'को 'गफूर' र राशा थडानीको 'उई अम्मा' पनि हिट बने।

मुम्बई । सन् २०२५ बलिउड संगीत क्षेत्रका लागि निकै उत्कृष्ट वर्ष साबित भएको छ । यो वर्ष फिल्मका थुप्रै गीतहरू बाहिर आए, जसको चर्चा राम्रो भयो । तीमध्ये ५ गीतको चर्चा यहाँ गर्न खोजिएको छ । 

शरारत

अभिनेता रणवीर सिंह अभिनित ब्लकबस्टर फिल्म ‘धुरन्धर’ मा रहेको  आइटम नम्बर ‘शरारत’ सन् २०२५ को सबैभन्दा हट डान्स ट्र्याक मध्ये एक हो । यो गीतलाई मधुबन्ती बागची र ज्यास्मिन स्यान्डलसले गाएका छन् भने संगीत शाश्वत सचदेवले दिएका हुन् ।

गीतमा क्रिस्टल डिसूजा र आयशा खानको बोल्ड र एनर्जेटिक डान्सको सबैले खुलेर तारिफ गरेका छन् । सामाजिक सञ्जालमा यसको हुक स्टेपमा हजारौँ रिल्स् बनेका छन् भने यो गीत लामो समयसम्म ट्रेन्डिङ लिस्टमा रहन सफल भयो ।

लालपरी

अभिनेता अक्षय कुमारको कमेडी फ्रेन्चाइज ‘हाउसफुल ५’ को गीत ‘लाल परी’ बाट यो यो हनी सिंहले गायनमा धमाकेदार पुनरागमन गर्न सफल रहे । हनी सिंहकै शब्द, संगीत र स्वर रहेको यो गीतमा सिमर कौर र अल्फाजको स्वर पनि छ । गीतमा अक्षयकुमार, अभिषेक बच्चन, रितेश देशमुख र ज्याकलिन फर्नान्डिज जस्ता स्टारहरूको अभिनय देख्न सकिन्छ ।

पोइजन बेबी

आयुष्मान खुराना र रश्मिका मन्दानाको हसर–कमेडी फिल्म ‘थामा’को गीत ‘पोइजन बेबी’ मा मलाइका अरोराको धमाकेदार प्रस्तुति रहेको थियो । सोही कारण गीत चर्चाको केन्द्रमा रह्यो ।

यस गीतलाई ज्यास्मिन स्यान्डलस, सचिन–जिगर र दिव्य कुमारले गाएका छन् । सचिन–जिगरको संगीत र अमिताभ भट्टाचार्यको शब्द गीतमा छ । मलाइकाको हट डान्स मुभ्स र रश्मिकाको ऊर्जाले यो गीतलाई चर्चित बनाएको हो ।

गफूर

आर्यन खानको डेब्यु सिरिज ‘द ब्याड्स अफ बलिउड’ को प्रमोशनल ट्र्याक ‘गफूर’ तमन्ना भाटियाको स्टाइलिश डान्सका कारण हिट हुन सफल भयो । गीतलाई शिल्पा राव र उज्ज्वल गुप्ताले गाएका छन् । यसमा गुलशन ग्रोवर, शक्ति कपूर र रञ्जित जस्ता पुराना भिलेनहरू पनि देखिएका छन्, जुन एउटा रमाइलो ट्विस्टको रूपमा हेरियो । तमन्नाको मुभ्स र एनर्जेटिक बिट्सले यो गीतलाई इन्स्टाग्राम रिल्समा भाइरल बनाइदिएका थियो ।

उई अम्मा

अजय देवगनको फिल्म ‘आजाद’ मा रविना टण्डनकी छोरी राशा थडानीले नृत्य गरेको ‘उई अम्मा’ वर्षकै ठुलो चर्चित गीत बन्यो । यस गीतलाई मधुबन्ती बागचीले गाएकी छन् भने शब्द अमिताभ भट्टाचार्यले लेखेका हुन् ।

राशाको प्रस्तुतिले यस गीतलाई युवा पुस्ताको मनपर्ने बनाइदिएको हो । ‘उई अम्मा’ युट्युबमा सबैभन्दा बढी हेरिएका गीतहरूको सूचीमा समेत समावेश छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप