लक्ष्मण थारु र सुरेन्द्र चौधरीलगायतका थारु नेताहरू रास्वपा प्रवेश गर्ने तयारीमा
सारांश
- थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारु र सुरेन्द्र चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दैछन्।
- रास्वपाले चौधरीलाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ, र उनीहरू नागरिक उन्मुक्ति पार्टीबाट रास्वपामा प्रवेश गर्दैछन्।
- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले सहकार्यका लागि आग्रह गरेपछि उनीहरू रास्वपामा जान सहमत भएका हुन्।
काठमाडौँ । थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारु र सुरेन्द्र चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने भएका छन् । रास्वपाले थारु क्लस्टरबाट सुरेन्द्र चौधरीको नाम समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ ।
रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक रहेका थारु र चौधरी चाँडै नै रास्वपामा प्रवेश गर्ने तयारीमा बताइएको छ । आफूहरूसहित नागरिक उन्मुक्ति पार्टीका अरू नेता पनि रास्वपामा प्रवेश गर्न लागेको सुरेन्द्र चौधरीले बताए ।
लक्ष्मण थारु र सुरेन्द्र चौधरी नागरिक उन्मुक्ति पार्टीका संस्थापक हुन् । तर सो पार्टीमा रेशम चौधरी र रञ्जिता श्रेष्ठको खटपट सुरु भएपछि उनीहरू पार्टीमा सक्रिय भएका थिएनन् । लक्ष्मण थारु कृषि व्यवसायमा लागेका थिए भने सुरेन्द्र चौधरी वैकल्पिक राजनीतिको वकालत गर्दै हिँडिरहेका थिए ।
यहीबिचमा पुस १० गते काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले सुरेन्द्र चौधरीलाई बोलाएर सहकार्यका लागि आग्रह गरेका थिए । त्यसपछि पनि पटक पटक छलफल भएकामा उनीहरू रास्वपामा जानका लागि सहमति भएको हो ।
चौधरीका अनुसार केही दिनमा एउटा कार्यक्रम आयोजना गरी रास्वपामा समाहित तयारी भइरहेको बताए । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालका नेताहरू समेत आफूहरूसँगै रास्वपामा प्रवेश गर्ने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण