ब्राजिलका लेजेन्ड रोबर्टो कार्लोस अस्पतालमा, हृदयाघात भएको हल्ला खारेज
काठमाडौँ । ब्राजिल तथा रियल मड्रिडका पूर्व महान् फुटबलर रोबर्टो कार्लोसले आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताएका छन्।
५२ वर्षीय पूर्व लेफ्ट ब्याक कार्लोसले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक तस्बिर सार्वजनिक गर्दै आफ्नो सफल उपचार भएको र स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन्।
उनले आफूलाई हृदयाघात भएको भन्ने बजारको हल्लालाई पूर्ण रूपमा खण्डन गरेका छन्। उनले भनेका छन्, ‘म भर्खरै एउटा पूर्व–नियोजित रोकथाममूलक चिकित्सा प्रक्रिया (प्रिभेन्टेटिभ मेडिकल प्रोसिजर) बाट गुज्रिएको हुँ। यो पहिले नै तय गरिएको थियो र सफल भएको छ। मलाई हृदयाघात भएको होइन।’
अस्पतालको शय्याबाट मुस्कुराइरहेको तस्बिर राख्दै कार्लोसले आफू चाँडै पूर्ण स्वस्थ भएर आफ्नो व्यक्तिगत र व्यावसायिक काममा फर्कने विश्वास व्यक्त गरेका छन्।
उनले आफ्नो स्वास्थ्यप्रति चासो देखाउने र शुभकामना दिने सबै प्रशंसकहरूलाई धन्यवाद दिँदै चिन्ता नगर्न आग्रह गरेका छन्। कार्लोसले आफ्नो उपचारमा संलग्न चिकित्सक टोलीप्रति पनि कृतज्ञता प्रकट गरेका छन्।
कार्लोसले रियल मड्रिडका लागि ५२७ खेल खेल्दै चार पटक ला लिगा र तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। उनले सन् २००२ मा ब्राजिललाई विश्वकपको उपाधि दिलाउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण