दुर्गा प्रसाईंका माग सम्बोधन गर्न सरकारले माग्यो आइतबारसम्मको समय
सारांश
- नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्यो।
- छलफलमा लघुवित्त, सहकारी समस्या र जेनजीका मागबारे कुराकानी भयो, र प्रसाईंले फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए।
- प्रसाईंले भ्रष्टाचारीलाई कारबाहीको कुरा गर्दा प्रधानमन्त्रीले 'त्यो सक्दैनौँ' भनी जवाफ दिए।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीले छलफल गरेको छ । छलफलमा लघुवित्त, सहकारी समस्या र जेनजीका मागबारे कुराकानी भएको छलफलपछि प्रसाईंले बताए । आफूहरूले अघि सारेका मागबारे सरकारका तर्फबाट आइतबारसम्मको समय मागेको र उक्त समयसम्म आफू पर्खने प्रसाईंको भनाइ छ ।
‘मागबारे आइतबारसम्मको समय दिनुस् भन्नुभयो, आइतबार सहमति भयो भने सोमबार क्याबिनेट बसेर हस्ताक्षर गर्ने भन्ने कुरा भएको छ’, प्रसाईंले आफ्ना माग पुरा नभए फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए । ‘एउटा पक्षलाई रुवाएर अर्को पक्ष मात्र चुनावमा जान पाउँदैन भनेको छु’, प्रसाईंले आफ्ना मागहरू ठुला नभएको भन्दै प्रधानमन्त्रीसँग घरजग्गा लिलाम नगर्न र उनीहरूलाई तिर्ने मौका दिन आग्रह गरेको हो । भेटमा प्रसाईंले भ्रष्टाचारीलाई कारबाहीको कुरा गर्दा प्रधानमन्त्रीले ‘त्यो सक्दैनौ’ भन्ने जवाफ दिएको बताए ।
प्रसाईंले प्रधानमन्त्रीसँगको भेटमा जनमत सङ्ग्रह गर्न पनि आफूले प्रस्ताव गरेको बताए । ‘जनमत सङ्ग्रहमा जाऔँ भन्दा दुई तिहाइले जितेपछि मात्रै जान सकिन्छ भन्नुभयो’, प्रसाईंले भने, ‘मैले तपाईं जुन बाटोमा प्रधानमन्त्री बन्नुभयो त्यही बाटोबाट जनमत सङ्ग्रह गर्न सकिन्छ भनेर सुझाव दिएको छु ।’
सरकारका प्रवक्ता जगदीश खरेलले प्रसाईसँगको वार्ता सकारात्मक भएको भन्दै अहिलेको सरकारले पुरा गर्न सक्ने माग पुरा गर्न पहल गर्ने र बाँकी चुनाव पछिको सरकारले गर्ने बताए । भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल र अर्थमन्त्री रामेश्वर खनाल पनि सहभागी थिए । यसअघि पनि प्रसाईंले आफ्नो समूहले गत मङ्सिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण