भारत र पाकिस्तानले साटे आणविक प्रतिष्ठानको सूची
बिहीबार, १७ पुस २०८२, १६ : ३७
सारांश
- भारत र पाकिस्तानले कूटनीतिक माध्यमबाट आणविक प्रतिष्ठानको सूची साटासाट गरे।
- यो सूची आदानप्रदान आणविक प्रतिष्ठानमा आक्रमण निषेध सम्बन्धी सम्झौता अन्तर्गत भएको हो।
- दुई देशबीच सूचना आदानप्रदान ३५औँ पटक भएको हो, जुन सन् १९९२ देखि सुरु भएको थियो।
नयाँ दिल्ली । भारत र पाकिस्तानले कूटनीतिक माध्यमबाट आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरूको सूची एक अर्कासँग साटासाट गरेका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको जानकारी दिएको हो ।
यो सूची भारत र पाकिस्तानबिचको आणविक प्रतिष्ठान र सुविधाहरूमा आक्रमण निषेध सम्बन्धी सम्झौता अन्तर्गत साटासाट गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सन् १९८८ को डिसेम्बर ३१ मा हस्ताक्षर भएको यो सम्झौता सन् १९९१ को जनवरी २७ मा लागू भएको बीबीसी हिन्दीले जनाएको छ । यस अन्तर्गत भारत र पाकिस्तानले प्रत्येक वर्ष जनवरी १ मा उक्त सम्झौताले समेटेका आ–आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरू बारेमा एक अर्कालाई जानकारी दिने गर्छन् ।
दुई देशबिच योसहित ३५औँ पटक जानकारी साटासाट भएको छ । पहिलो पटक सन् १९९२ को जनवरी १ मा सूची साटासाट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण