वनभोज खान हेलिकप्टर चढेर पुगे बागमतीका मुख्यमन्त्री बानियाँ
काठमाडौं । ‘नेपालमा जे चटक गर्छन्, नेताहरूले गर्छन्’ भन्ने भाष्य त्यसै बनेको होइन । विपद्मा राहत पुर्याउनदेखि विवाहमा सरिक हुन नेता, मन्त्रीहरू हेलिकप्टर चढेर पुगेका समाचार कति आए कति ।
अब यसलाई पनि माथ खुवाउने गरी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ देखिएका छन् । बिहीबार सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुन उनी हेटौंडाबाट हेलिकप्टर चढेर पुगेका छन् । नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमाई-१४ मा वनभोज कार्यक्रमा आयोजना गरेका थिए ।
वनभोज कार्यक्रममा सरिक हुनकै लागि उनी हेलिकप्टर चढेर पुगेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । मधेस शीतलहरले कष्टकर बनिरहेको बेला आफ्नो पार्टीले आयोजना गरेको वनभोजमा सहभागी हुनकै लागि हेलिकप्टर प्रयोग गरेर राज्यकोषको दुरुपयोग गरेकोप्रति स्थानीयवासीले प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण