युद्ध अन्त्य गर्ने सम्झौता नजिकिँदै: जेलेन्स्की
सारांश
- जेलेन्स्कीका अनुसार युक्रेन रुससँगको युद्ध अन्त्यका लागि सम्झौताको नजिक छ, केवल १० प्रतिशत बाँकी छ।
- रुसले डोनबास क्षेत्रमा नियन्त्रण खोजिरहेको छ, तर युक्रेनले जमिन छाड्दा थप आक्रमणको जोखिम देख्छ।
- जेलेन्स्कीले शान्ति सम्झौताका लागि बलियो सुरक्षा प्रत्याभूति आवश्यक रहेको बताए।
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार रुससँगको युद्ध अन्त्य गर्ने सम्झौताबाट आफ्नो देश ‘१० प्रतिशत’ मात्र टाढा रहेको बताएका छन् ।
दोस्रो विश्वयुद्धपछि युरोपमा जारी सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्न अमेरिकी नेतृत्वको प्रयासले हालैका हप्ताहरूमा गति लिएको छ, तर युद्धपछिको समाधानमा क्षेत्रको मुख्य मुद्दालाई लिएर दुवै पक्षबिच मतभेद कायम छ ।
युक्रेनको करिब २० प्रतिशत भूभाग ओगटेको रुसले सम्झौताको एक भागको रूपमा देशको पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रणका लागि दबाब दिइरहेको छ तर जमिन छोड्दा मस्कोको हौसला बढ्ने र भविष्यमा पनि यस्ता आक्रमण हुनसक्ने किएभको बुझाइ छ ।
जेलेन्स्कीले नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको सम्बोधनमा आफ्नो देशले युद्ध अन्त्य चाहेको तर कुनै पनि मूल्यमा युद्ध नचाहेको र कुनै पनि सम्झौताले रुसलाई फेरि आक्रमण गर्नबाट रोक्न बलियो सुरक्षा ग्यारेन्टी आवश्यक रहेको बताएका थिए ।
उनले भने, “शान्ति सम्झौता ९० प्रतिशत तयार छ । दस प्रतिशत बाँकी छ । र यो केवल सङ्ख्याभन्दा धेरै बढी हो,” जेलेन्स्कीले आफ्नो टेलिग्राम पेजमा पोस्ट गरेको एक भिडियो सम्बोधनमा भनेका छन् ।
“युक्रेन र युरोपको भाग्य निर्धारण गर्ने सर्तहरू लागु हुन अब मात्र१० प्रतिशत बाँकी छ र यसले यस क्षेत्रको शान्तिको भाग्य निर्धारण गर्नेछ,” उनले थपे।
जेलेन्स्कीको यो सम्बोधन अमेरिकी राजदूत स्टिभ विटकोफसहित अमेरिकी अधिकारीहरूले युक्रेनी र युरोपेली सुरक्षा सल्लाहकारहरूसँग करिब चार वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि अर्को कदमबारे छलफल गरेको केही घण्टापछि आएको हो।
पाँचौँ वर्षमा प्रवेश गरिरहेको युक्रेन युद्धले दुवै देशमा विनाशको कारण बनेको छ यद्यपि, कमजोर राष्ट्र युक्रेनले स्वाभाविक रूपमा बढी क्षति व्यहोरेको छ । युद्धले लाखौँलाई विस्थापित गरेको छ र सम्पूर्ण युक्रेनी सहरहरूलाई खण्डहरमा परिणत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण