अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको कर वृद्धि एक वर्षका लागि स्थगित
सारांश
- अमेरिकामा आयात हुने फर्निचरमा करवृद्धि एक वर्षका लागि स्थगित गरिएको छ।
- ट्रम्पले करवृद्धि स्थगित गर्ने निर्णय लिए, जसले परिवारको जीवनयापनमा परेको प्रभावलाई विचार गर्यो।
- चीन र भियतनामबाट हुने फर्निचर आयातमा यसको प्रभाव पर्ने देखिन्छ।
वासिङ्टन । विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी कर वृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले फर्निचरमा कर वृद्धि गर्ने योजना आगामी एक वर्षका लागि पर सारिएको जानकारी गराएको हो ।
यो वृद्धि ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि लागू गरेको क्षेत्र–विशिष्ट करको पहिलेको घोषणा अन्तर्गत योजना गरिएको थियो ।
अमेरिकी परिवारहरूले जीवनयापनको उच्च लागतको महसुस गरेपछि ट्रम्पले बुधबार अबेर योजनाबद्ध करहरूलाई एक वर्ष पछि सार्ने गरी स्थगित गर्ने बताएका हुन् । प्रशासनले सन् २०२६ जनवरी १ देखि केही असबाब फर्निचरमा ३० प्रतिशत र ‘किचन क्याबिनेट’ र ‘भ्यानिटी’ हरूमा ५० प्रतिशत कर वृद्धि गर्ने योजनालाई सन् २०२७ जनवरी सम्मका लागि स्थगित गरेको छ।
“काठजन्य वस्तुको आयातका लागि जारी फलदायी वार्तालाई मध्यनजर गर्दै राष्ट्रपतिले अन्य मुलुकसँग थप वार्ताका लागि भन्सार वृद्धिमा ढिलाइ गर्ने घोषणा गर्नुभएको छ,” ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सन् २०२५ मा राष्ट्रपति ट्रम्पको कर नीतिले स्टिलदेखि कारसम्मका सामानहरूको आयातमा असर गरेको थियो । प्रशासनले थप अनुसन्धान जारी राखेको र नयाँ करहरूको घोषणा गर्न सक्ने सम्भावना रहेको बताएको छ।
अक्टोबरमा आयातित ‘सफ्टवुड’ र काठमा १० प्रतिशत शुल्क लागू भएको थियो साथै केही असबाबवाला फर्निचर र किचेन क्याबिनेटहरूमा २५ प्रतिशत शुल्क लगाइएको थियो।
ट्रम्प प्रशासनले अमेरिकी उद्योगलाई बढवा दिने र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने माध्यमका रूपमा यो करलाई उचित ठहर्याएको थियो ।
बिहीबारदेखि लागू हुने उच्च दरले भियतनाम र चीनजस्ता देशहरूबाट हुने आयातलाई असर गर्नेछ । चीन र भियतनाम संयुक्त राज्य अमेरिकामा आयातित फर्निचरको प्रमुख आपूर्तिकर्ता हुन् ।
अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐन अन्तर्गत लागू गरिएको देशव्यापी कर वृद्धिको वैधानिकतामाथि फैसला सुनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण